फर्निचर व्यबसायी संघको वार्षिकोत्सब मामाघरमा
मकवानपुर । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी संघ मकवानपुरले आफ्नो छैठौं वार्षिकोत्सब मनाएको छ । संघले आफ्नो स्थापनाको छैठौं वार्षिकोत्सब असहाय बालकहरुको अभिभावक बन्दै आएको मामाघर नेपालमा मनाएको हो ।
संघका अध्यक्ष गोकुल श्रेष्ठको सभापतित्व तथा केन्द्रिय अध्यक्ष राम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा कार्याक्रम सम्पन्न भएको थियो ।
विगत लामो समय देखि सडक बालबालिकाको उद्दार,परामर्श ,आवासीय सेवा तथा सुबिधा ,शिक्षा ,स्वास्थ र परिवारिक पुनर्स्थापना गर्दै आएको मामाघर नेपालमा कार्यक्रम भएको हो ।
संघले मामाघर नेपालमा आश्रीत भान्जाहरुको लागी आवश्यक खाध्यान्न सहयोग उपलब्ध गराएको छ।
साथै बिनित स्टील फर्निचर उधोगका संचालक कृष्ण अर्यालले व्यक्तिगत ५ हजार रुपैंया सहयोग उपलब्ध गराएका छन् ।
कार्यक्रममा संघका मकवानपुर जिल्ला समितिका निवर्तमान अध्यक्ष शम्भु ढकाल, गोपाल श्रेष्ठ, राजेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।










