प्रहरीलाई घुस दिन खोज्ने हेटौंडाका लामा पक्राउ

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १२:०२
;

मकवानपुर ।  प्रहरीलाई घुस दिन खोज्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा १ बस्ने संजय लामा रहेका छन् ।

प्रहरीले बालुवा चोरी निकासी गर्ने ना ६ त ८५८६ नम्बरको ट्याक्टरलाई बिहिबार राती नियन्त्रणमा लिएको थियो ।

वडा प्रहरी प्रमुुुख प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीका अनुसार नियन्त्रणमा रहेको उक्त ट्याक्टर छोड्न प्रहरीलाई घुस दिन खोजेपछि लामालाई पक्राउ गरिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*