चार लाख घुससहित दुई इन्जिनियर पक्राउ

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १६:०३
;

काठमाडौं । चार लाख घुससहित दुई इन्जिनियर पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट गएको टोलीले राष्ट्रिय पुनः निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भइ मर्स्याङदी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव इन्जिनियर टीकाप्रसाद गुरुङलाई घुससहित पक्राउ गरेको हो ।

दुवैजनाले ८ जना लाभग्राहीसँग भवन निर्माणको किस्तावापत प्राप्त गर्नुपर्ने रकमबाट जनही ५० हजारका दरले घुस माग गरी ४ लाख लिएको भन्ने उजुरीका आधारमा पक्राउ गरेको अख्तियारले जनाएको छ।

उनीहरुमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*