भदौ ७ गतेबाट त्रिविले परीक्षा थाल्ने

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १७:३८
;

काठमाडौं । कोरोना भाईरसको महामारीका कारण स्थगित विभिन्न तहका परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

त्रिभुवन विश्व विद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयले शुक्रबार प्रकाशित गरेको सूचनामा स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षाहरु भाद्र तेस्रो हप्तादेखि सञ्चालन गरिने उल्लेख छ ।

परीक्षा तालिका व्यवस्थापन संकाय डिनको कार्यालयका वेवसाइटहरु डब्लुडब्लुडब्लु डट एओएमईसीडी डट ईडीयू डट एनपी र डब्लुडब्लुडब्लु डट टीयूडीओएमएस डट ओआरजीमा पछि प्रकाशित हुने जानकारी गराइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*