एकैदिन ११ हजारबढि बिरुवा रोप्दै लायन्स
मकवानपुर । नेपालमा त्रियाशील संस्था लायन्स क्लबले एकै दिन ११ हजार १ सय ११ वटा बिरुवा रोपिरहेको छ । वातावरणको संरक्षण गरौं भन्नै नाराका साथ एक दिनमा बृहत वृक्षारोपणको व्यानरसहित आज साउन १० लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको आयोजनामा डिष्ट्रिकट भरका सबै एरियामा सो बिरुवा रोप्ने कार्य भइरहेको हो ।
पर्यावरणलाई जोगाऔ भन्ने उदेश्यका साथ लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालका डिष्ट्रक्ट गभर्नर एमजेएफ लायन शम्भु नकर्मीले सबै एरीयामा विरुवा रोप्न आह्वान गरेका हुन् ।

त्यस्तै लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालको एरिया २ अन्तर्गत पर्ने मकवानपुमा पनि आज बिहानैदेखि लायन्स क्लबका सदस्यहरु बिरुवा रोप्न लागि परीेरहेका छन् ।
लायन्स क्लब इन्टरनेशनल ३२५ बि २ नेपालकी क्याबिनेट सेक्रेटरी लायन टासी डोल्मा तुम्वाहाङ्फेका अनुसार मकवानपुरको बोटैनिकल गार्डन फरेष्ट्री, पीस पार्क, आमा घर मनहरी, उजेली वन हेटौडा–११ नवलपुर, क्यामपा डाडाँ, पिप्ले हेटौंडा–५, गोरक्षेश्वर दिव्य धाम हेटौंडा लगायतका क्षेत्रमा करिब १२ सय बिरुवा रोपेको छ ।

सेक्रेटरी तुम्वाहाङ्फेले विरगञ्जदेखि पश्चिममहाकालीसम्म समेटिएको लायन्सको सबै भन्दा ठुलो डिष्ट्रिक्ट ३२५ बि २ का सबै लायन्स तथा लियोहरुलाई यस अभियानमा सहयोग गर्न आग्रह समेत गरीन् ।










