थप १ सय ९ जनामा कोरोना पुष्टि, १ सय ६ जना डिस्चार्ज
१० श्रावण २०७७, शनिबार १६:४०
काठमाडौँ । नेपालमा थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुगेको छ ।
त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ३ सय ८५ पुगेको छ । कोरोना निको भई १ सय ६ डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १३ हजार ५३ पुगेको छ ।










