लागुऔषधसहित तीन जना पक्राउ
महोत्तरी। लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । । प्रहरीले मनरासिस्वा नगरपालिका–४ का २६ वर्षीय नवीन मण्डल, वडा नं ५ का १९ वर्षीय राजीव कापर र जनकपुर उपमहानगरपालिका–८ का ३२ वर्षीय जीतेन्द्र झालाई पक्राउ गरेको हो ।
कोरेक्स झोल–१५ बोतल, डाइजोमपाम ट्याब्लेट ६९ वटा र ४० वटा पेमाडोल ट्याब्लेटसहित उनीहरुलाई पक्राउ गरेको हो ।
चमनरासिस्वा–१ स्थित स्वास्थ्य चौकी नजिकै मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई खानतलासी गर्दा उ्रक्त परिमाणको लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।










