कुकुरले सुँघेरै पत्ता लगाउछ कोरोना संक्रमण !
काठमाडौं । स्निफर कुकुरलाई तालिम दिएपछि उनीहरूले कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सक्ने जर्मनीका अनुसन्धानकर्ताले दाबी गरेका छन्।
यो सुन्दा अचम्म लाग्न सक्छ तर युनिभर्सिटी अफ भेटेरिनरी मेडिसिन हेनोभरका वैज्ञानिककोे अध्ययनले स्फिनर कुकुरलाई प्रशिक्षण दिएपछि उनीहरूले ठूलो दक्षतासाथ कोरोना संक्रमित व्यक्ति पहिचान गर्न सक्ने कुरा पत्ता लगाएको हो।
यस अध्ययनअन्तर्गत जर्मन आर्मीका ८ स्निफर कुकुरलाई एक हप्ता तालिम दिएपछि उनीहरू म्युकस र साल्भियामा आधारित कोरोना संक्रमित पत्ता लगाउन प्रभावकारी देखिएका थिए ।
पशु औषधि विभागका अध्यक्ष होल्गर भोल्कका अनुसार यो एउटा सुरुवाती अध्ययन थियो। अब यसको विस्तृत अध्ययन गरी निष्कर्षमा पुगिनेछ र कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन स्निफर कुकुर परिचालन गरिनेछ ।
स्रोतः नेपाल खबर







हेटौँडा अस्पतालबाट मेटियो ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ 

