नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि सञ्चालनमा
काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ६ दिनपछि सञ्चालनमा आएको छ ।
मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि ५ गतेदेखि बन्द भएको सडकखण्ड गएराती देखी सञ्चालनमा आएको हो ।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाको इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।










