तरकारी बजारमा आगलागी, ५० लाखभन्दा बढी क्षति

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार ११:४९
;

सुनसरी ।   सुनसरीको धरानमा रहेको पालिका तरकारी बजारमा आगलागी भएको छ । धरान उपमहानगरपालिका–३मा रहेको पालिका तरकारी बजारमा आगलागी भएको हो ।

आगलागीबाट फलफुल र तरकारीसहित कस्मेटिक, किराना, होटलसहित ११ पसल जलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीबाट ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*