हेटौंडामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाईते

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १४:२४
;

मकवानपुर । हेटौंडा –१७ मा ट्र्याक्टर दर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धरान चतरा सडकखण्ड अन्तर्गत पर्ने सडकमा ना ५ त ८०८८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा बागमती गाउँपालिका– ६ का सुजन नेगी र सोही स्थान शंखर लोप्चनको मृत्यु भएको हो ।

हेटौँडाबाट रड बोकी बागमती गाउँपालिकातर्फ जाँदै गर्दा ओभरलोडका कारण अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना हुँदा तीन जना घाईते भएका थिए । घाईते भएका तीनै जनालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएतापनि उपचारको क्रममा दुई जनाको मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।

त्यसैगरी अर्का १७ बर्षका घाइते मनोज जिम्बाको भने उपचार भइरहेको अस्पताल जनाएको छ ।
ट्याक्टरको चालक फरार रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*