४ लाख घुस रकमसहित दुईजना पक्राउ
भैरहवा । ४ लाख घुस रकमसहित दुईजना पक्राउ परेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्रप्रसाद यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा उनीहरुलाई रंगेहात प्रकाउ गरिएको आयोगका प्रवक्ता सुरेश भुसालले बताए ।
महेन्द्र प्रसाद यादबलाई मतियारको रुपमा लिइएको छ ।










