४ जना कर्मचारीमा कोरोना पुष्टि, जगदम्बा इन्टरप्राइजेज सिल

हेटौडा न्युज
१३ श्रावण २०७७, मंगलवार १५:४०
;

वीरगञ्ज ।  ४ जना कर्मचारीमा कोरोना भेटिएपछि जगदम्बा इन्टरप्राइजेज प्रालि सिल गरिएको छ । वीरगंज–पथलैयाको जीतपुर केराढोका नजिकै रहेको इन्टरप्राइजेज स्थानीय प्रशासनले सिल गरेको हो ।

फलामजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग सञ्चालकको क्रममा त्यसमा कार्यरत कर्मचारी तथा मजदुरमा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उक्त उद्योग सिल गरिएको हो ।

साउन ६ गते उद्योगका प्रमुख कार्यकारी अधिकृतमा कोरोना भेटिएको थियो । हिजो पनि २६, ४८ र ५६ वर्षका तीन जना मजदुर तथा कर्मचारीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उद्योग सिल गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*