जबरजस्तीकरणी गरेको आरोप ५० वर्षीय थारु पक्राउ
रुपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तिलोत्तमा नगरपालिका–१७ पकडिहवा बस्ने ५० वर्षीय रामकृष्ण थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
ती बालिकालाई शनिबार साँझ जबरजस्ती करणी गर्न खोजेको भन्ने उजुरी पछि उनलाई पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।










