१ साताभित्र एसईईको नतिजा सार्वजनिक

हेटौडा न्युज
१४ श्रावण २०७७, बुधबार १६:४४
;

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा विद्यालयले गरेको मूल्याङ्कनका आधारमा नतिजा सार्वजनिक हुने भएको छ । एसईईको नतिजा १ साताभित्र सार्वजनिक हुने भएको हो ।

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेतापनि बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएको र नतिजा सार्वजनिक गर्न ढिलाइ भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी एसईईमा सामेल थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*