बसको ठक्करबाट एक प्रहरीको मृत्यु

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार ११:१३
;

भरतपुर । बसको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ ।बसको ठक्करबाट मृत्यु हुनेमा प्रहरी हबल्दार अर्जुनकुमार थापा रहेका छन् ।

पूर्वी चितवनको राप्ती नगरपालिका–५ भण्डारामा बा ३ ख १५४७ नंको बसले प्रदेश ३–०३–००१ प ६३२५ नंको स्कुटरलाई ठक्कर दिएको थियोे ।

गम्भीर घाइते उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*