पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १३:३६
;

काठमाडौँ । कोरोना भाईरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित ६५ वर्षीया महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ती महिला साउन ६ गते भर्ना भएकी थिइन् । ती महिलामा उच्च रक्तचापको समस्या रहेको उनले जानकारी दिए ।

स्रोतका अनुसार कन्ट्याक्ट ट्रेसिङका क्रममा उनका परिवारका सदस्यहरुको पीसीआर परीक्षण गर्दा अधिकांशको रिपोर्ट समेत पोजिटिभ आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*