हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १४:५७
;

मकवानपुर । हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । हेटौंडा –५ राइटोलमा करेन्ट लागेर मयुरी चालक ६८ बर्षीय पदम बहादुर दोङको मृत्यु भएको हो ।

बकैया –७ घरभई हाल हेटौँडा–५ डेरागरी बस्दै आएका दोङलाई मयुरीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका दोङको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*