विराटनगरमा दुई साताको लागि लकडाउन

हेटौडा न्युज
१६ श्रावण २०७७, शुक्रबार १५:५७
;

मोरङ । विराटनगर महानगरपालिका क्षेत्रभित्र दुई साताको लागि लकडाउन घोषणा गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि शुक्रबार बसेको महानगरको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी १४ दिनसम्मका लागि लकडाउन घोषणा गरेको हो ।

यसैबीच आज महानगर भित्र थप १० जना कोरोना पोजेटिभ भेटिएका छन् । आज थप ४ महिला र ६ पुरुषसहित १० जना कोरोना संक्रमण देखिएको महानगरपालिकाले जनाएको छ ।

योसँगै महानगरभित्रका कोरोना संक्रमितको संख्या १ सय ७ पुगेको छ ।

संक्रमितहरुमा तीन जना कोसी अस्पतालका कर्मचारी छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*