विप्लवका १० कार्यकर्ता पक्राउ
बुटवल । नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका १० जना कार्यकर्ता पक्राउ परेका छन्।
उक्त पार्टीका रुपन्देही इन्चार्ज तथा केन्द्रीय सदस्य संगम पुनसहित १० जनालाई बुटवलमा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
उनीहरूले बुटवलमा रहेर सरकारद्वारा प्रतिबन्धित गतिविधि गरेको पाइएको उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम कुमार थापाले जानकारी दिएको छ ।










