बाख्रा चराउन गएका बालकको पहिरोले पुरिएर मृत्यु
जाजरकोट । बाख्रा चराउन गएका एक बालकलाई पहिरोले पुरिदाँ एक जनाको मृत्यु भएको छ भने अर्का बालक घाईते भएका छन ।
बाख्राको गोठालो गरिरहेको बेलामा एक्कासी आएको सुख्खा पहिरोले धनवीर परियारका १२ वर्षीय छोरा खिमबहादुर परियारको मृत्यु भएको हो ।
उनीसँगै गोठालो गएका मोतिलाल बिकका छोरा १२ वर्षीय प्रदिप बिक पहिरोमा परेर गम्भीर घाइते भएका छन् । उनको हात भाँचिएको छ भने टाउकोमा चोट लागेको छ ।
घाइते प्रदिपलाई तत्काल स्थानीयले उद्धार गरे पनि खिमलाल भने अझै बेपत्ता छन्।










