प्रहरीमाथि दुर्व्यवहार गर्ने मकवानपुरका एकसहित चार जना पक्राउ

हेटौडा न्युज
१७ श्रावण २०७७, शनिबार १७:५०
;

काठमाडौं । मकवानपुर प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यबहार गरेको आरोपमा ४ जना सवारी चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय नेवारपानी तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरको चेकपोष्टमा जाँच गर्ने क्रममा चालकहरुले सुरक्षा मापदण्ड विपरित राँगाभैंसी लोड गरी ल्याएका थिए ।

जब प्रहरीले ति सवारी साधनको चेकजाँच सुरु गरे डिउटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पारी दुव्र्यवहार समेत गरेका ना.८ ख २४२२ नम्बरको गाडीका चालक मकवानपुर गढी गाउँपालिका–४ बस्ने २६ वर्षीय जितेन्द्र विष्ट, ना.६ ख १५४३ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका–६ बस्ने २० वर्षीय सुमन मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै प्रदेश २–०३००१ ख १४८७ नम्बरको ट्रकका चालक रौतहट चन्द्रपुर नगरपालिका –४ बस्ने २६ वर्षीय रामजन राई र को.१ ख ७३०९ नम्बरको मिनीट्रकका चालक सिरहा गोलबजार नगरपालिका–८ बस्ने २० वर्षीय नौसाद मिक्रानलाई प्रहरीले पक्राउ गरेको हो ।

ति चालकलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*