थप १७ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
विराटनगर । इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि हो ।
पछिल्लो समय ४० जनाको स्वाब परिक्षण गार्द शनिबार १७ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासले बताए ।
यससँगै इलाममा संक्रमत सशस्त्र प्रहरीको संख्या २८ पुगेको छ ।










