एसईईको नतिजा विद्यालयलाई नै सार्वजनिक गर्न दिने तयारी
काठमाडौं । विद्यालयलयलाई नै माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्न दिने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयलयलाई नै एसईई परिक्षाको नतिजा सार्वजनिक गर्न दिने तयारी गरेको हो ।
कोरोनाका कारण स्थगित भएको एसईई परीक्षाको नतिजा विद्यालयले गरेको मूल्याङ्कनको आधारमा सम्बन्धित विधालयले नै सार्वजनिक गर्न लागिएको हो ।
विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले पठाएको प्रमाणित डाटाको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ ।
रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर विद्यालयलाई नै नतिजा सार्वजकि गर्न दिने विषयमा छलफल भइरहेको बोर्डका एक सदस्यले जानकारी दिए ।
एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सहभागी छन् ।










