एसिड बिक्री वितरणको निश्चित कार्यविधि बनाउन विज्ञको सुझाव

हेटौडा न्युज
१९ श्रावण २०७७, सोमबार १६:५७
;

काठमाण्डौ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपालमा परिवारका सदस्य, आफन्त र नातेदारबाट आक्रमण हुने तथ्याङ्क रहेको बताएका छन्। नेपालमा परिवारका सदस्य, आफन्त र नजिकका नातेदारबाट एसिड आक्रमण हुने गरेको एक तथ्याङ्कले देखाएको उनले बताएका हुन् ।

बदला लिन, प्रेम सम्बन्ध सफल नहुनु जस्ता कारणले आफन्तबाटै एसिड आक्रमण बढी हुने गरेको तथ्याङ्कले देखाएको उनले बताए ।

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा महानिरीक्षक थापाले पछिल्लो समय लिखित जाहेरी दर्ता भएका १७ वटा घटनामध्ये आठ वटा बदलाको भावनाले घटेको र प्रेम सम्बन्धमा खटपट आएका कारण पाँच र अनुहार कुरुप बनाउने हिसाबले दुई वटा एसिड आक्रमणका घटना घटेको पाइएको उनले बताए ।

महान्यायाधिवक्ता अग्नि खरेलले एसिड जस्ता रासायनिक पदार्थको सहज उपलब्धता नहुने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् । सजिलै बजारमा एसिड प्राप्त हुने भएकाले पनि घटनाहरु बढी घट्ने गरेको भनाई छ । सरकारले एसिड बिक्री वितरणका लागि निश्चित कार्यविधि बनाउनुपर्ने उनले बताए ।

एसिड जस्ता रासायनिक पदार्थ आयात गर्ने उद्योग प्रतिष्ठानसम्बन्धी ऐन कानुन भए पनि बिक्री वितरणका लागि कुनै कानुन छैन ।

सरकारले एसिडको बिक्री वितरणका र एसिड आक्रमण गर्नेलाई कडा कानुनी कारबाही व्यवस्था गरे एसिड आक्रमणका घटनामा केही कमी आउन सक्छ । एसिड आक्रमण गर्ने व्यक्तिलाई बढीमा आठ वर्षको सजाय तोकिएकोमा त्यसलाई बढाउनुपर्ने विज्ञहरुको सुझाव छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*