बलात्कार आरोपमा वडासचिव पक्राउ

हेटौडा न्युज
२१ श्रावण २०७७, बुधबार १६:०९
;

कैलाली । कैलालीमा बलात्कार आरोपमा एक वडासचिव पक्राउ परेका छन् । बलात्कारको आरोपमा जिल्लाको भजनी नगरपालिका–४ का वडासचिव सुमन कुमार चौधरी पक्राउ परेका हुन् ।

पक्राउ परेका चौधरी उपर एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा चौधरीले आफूलाई बलात्कार गरेको उजुरी दर्ता गराएपछि निजलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

वडासचिव चौधरीलाई ईलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*