पर्सामा नेपाली सेनाका ११ जनामा देखियो कोरोना

हेटौडा न्युज
२२ श्रावण २०७७, बिहीबार १०:४५
;

पर्सा । बीरगञ्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा हिजो बुधबार गरिएको परीक्षणमा नेपाली सेनाका ११ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा एक जना चिकित्सकसहित ११ जना नेपाली सेनामा कार्यरत रहेको बताईएको छ ।

अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्यायका अनुसार हिजोको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । संक्रमितहरुलाई ज्वरो र खोकीको लक्षण समेत देखिएको छ ।

पछिल्लो समय पर्सामा ५ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् भने, संक्रणबाट १४ जनाको ज्यान समेत गईसकेको छ । पर्सा जिल्लामा केही दिनदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*