हेटौंडा-१६ हटियाको प्रहरी चौकी सिल
मकवानपुर । एक प्रहरीमा कोरोना संक्रमण देखिए पछि मकवानपुरको हेटौंडा-१६ मा रहेको अस्थायी प्रहरी चौकी हटिया सिल गरिएको छ । हेटौंडा-१६ हटियामा रहेको सो चौकीमा कार्यरत प्रहरी हवल्दारलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी चौकी
सिल गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।
प्रवक्ता रानाका अनुसार, किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणमा हटिया प्रहरी चौकीमा कार्यरत हवल्दारलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमित उनलाई हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित आइसोलेशन वार्डमा ल्याएको जनाइएको छ ।










