रेशम चौधरी वीर अस्पताल भर्ना
काठमाडौँ । डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीलाई अस्पताल लगिएको छ । टीकापुर काण्डका दोषी चौधरीको गोडा सुन्निएको र ज्वरो समेत आएपछि उनलाई वीर अस्पताल लगिएको छ ।
गत २०७५ साल पुस १९ गतेबाट चौधरी जेल चलान गरिएका हुन् । चौधरी प्रतिनिधि सभाका कैलाली क्षेत्र नम्बर १ बाट विजयी साँसद पनि हुन् ।
२०७२ साल भाद्र ७ गते कैलालीको टीकापुरमा भएको घटनामा ७ प्रहरी र १ बालकको ज्यान गएको थियो । सो घटनाका मुख्य योजनाकार भएको भन्दै चौधरी कारागार चलान भएका थिए ।










