थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आइतबार ६ हजार ५ सय ४४ जना कोरोनाका संक्रिय संक्रमित छन् ।
पछिल्लो चौबीस घण्टामा आठ हजार ५ सय १५ जनाको पीसीआर परीक्षण भएको उनले बताए । साथै ४० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
कुल कोरोना निको हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको उनले जानकारी दिए ।










