कर्मचारीको परिवारमा कोरोना, बकैयाको सेवा बन्द

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १८:३३
;

मकवानपुर । बकैया गाउँपालिकाले आफ्ना सम्पुर्ण सेवाहरु अको सुचना नभएक सम्मको लागि बन्द गरेको छ । गाँउपालिकाले आज एक सुचना जारी गर्दै सेवा बन्द भएको जनाएको हो ।

सुचनामा उल्येख भए अनुसार गाउँपालिकामा कार्यरत कर्मचारीको परिवारको सदस्यलाई कोरोना संक्रमण देखिएको भन्दै गाँउपालिकाले सेवा बन्द गरेको हो ।

गाउँँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीद्वारा हस्ताक्षरित सो सुचनामा पालिकाका कर्मचारीको परिवारको सदसयको पिसीआर रिपोर्ट पोजेटिभ देखिएकाले आजदेखि अर्को व्यवस्था नभएसम्मको लागि सेवा बन्द भएको जनाएको छ ।

जारी गरीएको सुचना गाउँपालिकाको फेसबुक पेजबाटसमेत सार्वजनिक गरीएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*