हेटौंडासहित राजमार्ग क्षेत्रमा निषेधाज्ञाका लागि सिफारीस
मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले मकवानपुरको हेटौंडा उपमहानगरपालिका सहित राजमार्ग क्षेत्रमा निषेधाज्ञाका लागि सिफारीस गरेको छ । केन्द्रको आज बसेको आकस्मिक बैठकले साउन २६ गते राती १२ बजे देखि लागुहुने गरी हेटौंडा उपमहानगरपालिकासहित पुर्वपश्चिम राजमार्ग क्षेत्रमा साउन ३२ गते सम्म निषेधज्ञा जारी गर्न जिल्ला सुरक्षा समितीलाई सिफारीस गरेको हो ।
केन्द्रको सिफारिस अनुसार हेटौंडाका सबै १९ वडा र पूर्वपश्चिम राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी हुनेछ । सो निर्णय अनुसार महेन्द्र राजमार्गसंग सिमाना जोडिएको मनहरी गाउँपालिकाको क्षेत्रहरुमा पनि निषेधाज्ञा लागु हुनेछ ।
केन्द्रको सिफारिसलाई सुरक्षा समितिले लागू गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिएका छन् ।
आज मकवानपुुरमा २३ जनामा कोरोना पुष्टि भए संगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले संक्रमण जोखिमलाई मध्यनजर गर्दै साउन ३२ गते सम्म निषेधज्ञा जारी गर्न सुरक्षा समितीलाई सिफारीस गरेको हो ।

संक्रामक रोग ऐन, २०२० विशेष व्यवस्था गर्ने अधिकारको १ बमोजिम प्रशासनले सो आदेश दिएको हो ।
मकवानपुरसँग जोडिएको बारा, पर्सा, रौतहटमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि मकवानपुर समेत उच्च जोखिममा रहेको थियो ।
संक्रामक रोग ऐन, २०२० अनुसार नेपालभर वा त्यसको कुनै भागमा मानिसमा कुनै संक्रामक रोग उब्जेमा वा फैलिएमा वा फैलिने सम्भावना देखिएमा नेपाल सरकारले सो रोग निर्मूल गर्न वा रोकथाम गर्न आवश्यक कार्वाही गर्न सक्छ र सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागू हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था उल्लेख छ ।
मकवानपुरसँग जोडिएको बारा, पर्सा, रौतहटमा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि मकवानपुर समेत उच्च जोखिममा रहेको थियो ।










