प्रहरी कन्ट्रोलमा कार्यरत ३ प्रहरीमा कोरोना पुष्टि
काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीस्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
करिब एक सय जना कार्यरत रहेको मेट्रो कन्ट्रोल पनि भनिने यहाँ संक्रमित प्रहरीको सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।
यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो ।










