थप ३ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १७:०१
;

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ ।

विगत २४ घण्टामा १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन् ।
यो सँगै हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन् ।

त्यस्तै ७९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ७ सय ३८ रहेको मन्त्रालयले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*