काठमाडौंकी एक महिलाको मृत्युपछि कोरोना पुष्टि
काठमाडौं । किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मंगलबार मृत्यु भएकी काठमाडौंकी महिलामा कोरोना संक्रमण देखिएको हो ।
७८ वर्षीया काठमाडौं टेकुकी महिलाको मंगलबार राती किस्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
उनलाई यही साउन २६ गते पाटन अस्पतालले किस्टमा रिफर गरेको थियो । उनमा ज्वरो, पखाला र वान्ताको समस्या देखिएको थियो ।










