कोरोना संक्रमित जनकपुरका पूर्वमेयरको मृत्यु

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १२:४८
;

काठमाडौं । कोरोना संक्रमित जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ । कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार ७३ वर्षीय गिरी मुटु रोगी थिए । उनलाई कोरोना संक्रमण देखिएपछि हेलिकप्टरमार्फत झिकाईएको थियो ।
उनका छोरा डा. सन्तोष गिरीका अनुसार पछिल्लो एक सातादेखि भेन्टिलेटरमा उपचार भइरहेका गिरीको मंगलबार राति मृत्यु भएको हो ।

गिरी २०४२ सालमा जनकपुर नगरपालिकाको मेयर बनेका थिए । उनी जनकपुरको ‘होटल रामा’ का मालिक पनि हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*