कान्तिपुरका सहायक–सम्पादक बानियाँको शव मकवानपुरमा फेला

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १४:२६
;

मकवानपुर । दुई दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ । मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए ।

बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको खुलेको छ ।

तनुहँ स्थायी घर भएका बानियाँ पछिल्लो पटक एकदशकदेखि कान्तिपुर दैनिकमा काम गरिरहेका थिए । त्यसअघि उनले नागरिक दैनिक र कान्तिपुरमा पनि काम गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*