त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने
काठमाडौं । कोरोना भाईरस संक्रमणको जोखिम बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । स्थिति सहज भएपछि मात्र परीक्षाको तयारी थालिने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आउदो भदौ १६ गतेदेखि सेमेष्टर र असोजमा वार्षिक परीक्षाको तयारी गरेको थियो ।
परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डिन कार्यालयलाई दिइएको जानकारी दिए ।










