हेटौँडाको गौरीटारमा आइसोलेशन कक्ष स्थापना

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १८:३९
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिका– ६ गौरीटारस्थित रंगशालाको प्रशासकीय भवनमा आइसोलेशन कक्षको स्थापना गरिएको छ ।

मकवानपुरमा कोरोनाका संक्रमितको संख्यामा वृद्धी हुँदै गएपछि उ
क्त भाईरसको जोखिमलाईै मध्यनजर गर्दै गौरीटारमा रहेको रंगशालाको भवनमा १ सय शैयाको आइसोलेसन कक्षको स्थापना गरिएको हो ।

आज स्थापना गरिएको आइसोलेशन कक्षलाई भोलि शुक्रबारबाट संचालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । स्थापित आईसोलेसनको सुरक्षा जिम्मा नेपाली सेनाको एक टोलीलाई दिइएको उनले बताए ।

हेटौँडाको श्रमिक माविमा रहेको आइसोलेशन कक्षमा विरामीको चाप बढेपछि गौरीटारमा आइसोलेशन कक्ष स्थापना गर्नुपरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*