मकवानपुरमा फेरि १५ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १८:१६
;

मकवानपुर । मकवानपुरमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–४ कर्रामा रहेको श्रमिक मा.वि.को आइसोलेसनका अनुसार मकवानपुरका १४ जना सहित सप्तरीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै मकवानपुरमा आजमात्रै ५२ जना कोरोना भाइरस सङ्क्रमित पुष्टि भएका आइसोलेसन वार्डले जनाएको छ ।

हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रयोगशालामा गरिएको परीक्षणमा आज साँझ प्राप्त रिपोर्टअनुसार मकवानपुरका १४ सहित सप्तरीका १ जनामा संक्रमण देखिएको हो ।

सङक्रमित मध्ये हेटौंडा उपमहानगरपालिकाका १२ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना रहेका छन् ।

आइसोलेसन वार्डले दिएको जानकारी अनुसार हेटौंडा उपमहानगरपालिकाको ७ वटा वडाका नागरीकमा संक्रमण देखिएको हो । प्राप्त जानकारी अनुसार हेटौंडा–२ का २ जना, हेटौंडा–४ का १ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–६ का ३ जना, हेटौंडा–७ का २ जना, हेटौंडा–८ का १ जना र हेटौंडा–१० का १ जना रहेका छन् ।

कोरोना संक्रमण देखिनेमा हेटौंडा–२ का २३ वर्षका १ महिला र १ पुरुष, हेटौंडा–४ का ३५ वर्षका १ पुरुष, हेटौंडा–५ का ४० वर्षका पुरुष, हेटौंडा–६ का ६८ वर्षका २ जना पुरुष र ५० वर्षकी एक महिला, हेटौंडा–७ का ५६ वर्षकी महिला र ३७ वर्षका पुरुष, हेटौंडा–८ का २३ वर्षका पुरुष र हेटौंडा–१० का ४७ वर्षका पुरुष रहेका छन् भने मकवानपुरगढी गाउँपालिका–३ का ५१ र २३ वर्षका महिला रहेका छन् ।

यसअघि आज बिहान ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*