एकजना सञ्चारकर्मीसहित रौतहटका २४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार १३:३०
;

रौतहट । हेटौंडा अस्पतालले दिएको रिपोर्ट अनुसार रौतहटमा शुक्रबार थप २४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

एकजना सञ्चारकर्मी सहित गौर नगरपालिकामा १७ जनामा कोरोना देखिएको जिल्ला जनस्वास्थ कार्यालय गौरले जनाएको छ । त्यसैगरी परोहा नपाका ४ जना, भारत मोतिहारी घरभई काठमाडौ बस्ने एकजना पुरुष र चन्द्रपुर १ गढिमाई नपाका १ जनामा कोरोना पुष्टि भएको छ ।

संक्रमित हुनेमा एक १० वर्षीय बालक, २ जना १८ वर्षीय किशोर र ७ जना महिला समेत रहेका छन् ।

आईसोलेसनमा बेड खाली नरहेकाले तत्काल ३ सय बेडको आईसोलेसन निर्माण गर्ने काम सुरु गरिने बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*