अपहरण मुद्दामा गाउँपालिकाका अध्यक्ष पक्राउ
काठमाडौं । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुर गरेको आरोपमा अध्यक्ष गोविन्द खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
रामेछाप प्रहरी प्रमुख डीएसपी वसन्त पाठकले दर्पण घिसिङ भन्ने व्यक्तिलाई बन्धक बनाएको आरोपमा हामीले पक्राउ गरेको बताएका छन् ।
उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।










