गौरीटार रंगशालामा आइसोलेसन वार्ड संचालन

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार ११:३३
;

मकवानपुर । हेटौंडा– ६ गौरीटारमा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरिटार रंगशाला)लाई कोरोना आइसोलेसन वार्डको रुपमा संचालनमा ल्याइएको छ । हेटौैंडा अस्पतालको व्यवस्थापनमा रंगशाला क्षेत्रमा रहेको ब्वाईज होष्टललाई आजबाट कोरोना आइसोलेसन वार्डको रुपमा संचालनमा ल्याइएको हो ।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश अन्र्तगतको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौंडा अस्पताल)ले हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा हेटौंडा–६ गौरीटारमा आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि गौरीटार रंगशाला क्षेत्रमा रहेको आईसोलेसन वार्ड संञ्चालन गरिएको हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेलले बताए ।

हेटौंडा– कर्रामा रहेको श्रमिक माध्यमिक विद्यालयको क्षमताभन्दा बढी कोरोना संक्रमित देखिन थालेपछि रंगशालामा निर्मित आईसोलेसन वार्डमा थप संक्रमितलाई राख्न सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् ।

विद्यालयबाट आईसोलेशन हटाउने भनिएपनि संक्रमित बढ्दै गएको कारण विद्यालय र गौरीटार दुवै स्थानमा आइसोलेसन संचालनमा ल्याइएको उनले बताए ।

रंगशालामा एक सय भन्दाबढी संक्रमितलाई राख्न सकिने व्यवस्था रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*