राहत सामग्रीसहित मुख्यमन्त्री पौडेलको टोली सिन्धुपाल्चोकमा

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १२:०७
;

सिन्धुपाल्चोक । पहिरोले विस्थापित सिन्धपाल्चोक जुगल गाउँपालिका–२, लिदी लामागाउँमा टोली पुगेको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसहित पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, प्रदेश–३ का सामाजिक विकास मन्त्री युवराज दुलाल, पर्यटन तथा वन मन्त्री अरुण नेपाल, सांसद सुरेश नेपाललगायत पनि राहत सामग्री लिएर लिदीमा पुगेका छन् ।

पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामग्री तथा अत्यावश्यक सामग्री सहित त्यसतर्फ मुख्यमन्त्री सहितको टोलि पुगेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा गृह मन्त्रालयले हेलिकप्टरबाट ४० सेट त्रिपाल, भाँडाकुँडा, ब्ल्यांकेट, म्याट्रेस, डस्नालगायतका लत्ताकपडा सहयोग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट पीडित ३७ परिवारलाई राहत दिइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*