हेटौंडामा पत्रकारमा पनि देखियो कोरोना
मकवानपुर । हेटौंडामा कार्यरत एक महिला पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसनधान तथा तलिम केन्द्र हेटौंडा गरीएको परीक्षणमा ती महिला पत्रकारमा कोरोना संक्रमण देखिएको हो ।
हेटौंडा–१० मा बस्दै आएकी ती महिलाको पहिलो रिपोर्टमा समस्या भएको र पछिल्लो पटक पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले बताए ।
ती महिला पत्रकार हेटौंडाको स्थानीय संचारमाध्यममा कार्यरत रहेको जनाइएको छ ।
केहि दिन अघि ज्वरो आएपछि कोरोना परीक्षण गराएकी ति महिला पत्रकारलाई आइसोलेन वार्डमा लैजाने तयारी भइरहेको उनले बताए । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।










