हेटौंडाका १२ जनासहित थप २० जनामा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाका १२ जनासहित मकवानपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–४ कर्रा आईसोलेसनले दिएको जानकारी अनुसार आज थप २० जनामा कोरोना पुष्टि भएको हो ।
सक्रमण देखिएका मध्ये हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका १२ जना, मनहरी गाँउपालिकाका १ जना र बाहिरी जिल्लाका ७ जना गरी जम्मा २० जना रहेका छन् ।
संक्रमित मध्ये १७ जना पुरुष र ३ जना महिला रहेका छन् । गत साउन २८ गते ८५ जनाको स्वाब संकलन गरि परिक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको हो ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा–८ का १ महिला र २ जना पुरुष, हेटौंडा–४ का ३ जना पुरुष, हेटौंडा–६ का १ पुरुष र १ महिला, हेटौंडा–३ का १ पुरुष, हेटौंडा–१० का १ पुरुष, हेटौंडा–५ का १ पुरुष, हेटौंडा–१८ का १ पुरुष रहेका छन् भने मनहरी गाँउपालिका–७ का १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
त्यस्तै, पर्सा जिल्ला घर भई हाल हेटौंडा बस्दै आएका ४ जना, बारा, उदयपुर र रौतहट जिल्ला घर भई हाल हेटौंडा बस्दै आएका १/१ जनामा संक्रमण देखिएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले दिएको जानकारी अनुसार गत साउन २९ गते संकलन गरिएको १ सय ७ जना, साउन ३० गते संकलन गरिएको ९४ जना र आज (साउन ३१)मा संकलन गरिएको १ सय ३६ जनाको स्वावको रिर्पोट भने आउन बाँकी रहेको छ ।










