थप एक जना कोरोना संक्रमितको मृत्यु
बुलवल । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
फोक्सोमा समस्या देखिएका ती पुरुषको आईसीयुमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । ती पुरुष प्रादेशिक अस्पतालमा तीन दिनदेखि उपचाररत थिए ।
ती पुरुषको सुरुको रिपोर्ट नेगेटिभ आए पनि पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।










