सिन्धुपाल्चोक पहिरोः १६ जनाको शव फेला, एक जनाको जीवितै उद्धार

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १५:४३
;

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका १६ जनाको शव फेला परेको छ । जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर हराइरहेकामध्ये थप ५ जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या १६ पुगेको हो ।

उनीहरु सबैको सनाखत भएको छ । आज जुगल गाउँपालिका–२ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको हो ।

यस्तै हिजो ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको थियो ।

पहिरोमा पुरिएर आज जीवितै उद्धार गरिएका दावा ग्याल्बो दोङको चौतारामा उपचार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*