हेटौंडाको खोपेगल्ली सिल

हेटौडा न्युज
३१ श्रावण २०७७, शनिबार १६:३९

मकवानपुर । हेटौंडाको खोपेगल्ली सिल गरिएको छ । हेटौंडा–४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो क्षेत्र दुबै तर्फबाट सिल गरिएको हो ।

कोरोना संक्रमण फैलिन नदिने उद्देश्यका साथ सावधानीका लागि सो क्षेत्र स्थानीय प्रसाशनले वडा अध्यक्षको रोहवरमा सिल गरिएको हो ।

वडा अध्यक्ष नवीन सिग्देलक‍ो उपस्थितिमा वडा प्रहरी कार्यालयको टोलीले सो व्यस्त गल्ली क्षेत्र सिल गरि स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरेको वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

तरकारी, फलफुल लगायतको पसल रहेको सो क्षेत्रमा बिहान किनमेलका लागि भिड हुने गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*