हेटौंडामा ९ गते सम्म निषेधाज्ञा थपियो
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा ९ गते सम्म निेषेधाज्ञा थपिएको छ । आज बिहान बसेको जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गते देखि ९ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
निषेधाज्ञामा अहिलेको भन्दा थप कडाई गरिने मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले बताए ।
गत साउन २६ गते रातिबाट जारी गरिएको निषेधाज्ञा आज राति १२ बाट सकिनै लाग्दा प्रशासनले आउँदो भदौ ९ गते सम्म जारी राख्ने निर्णय गरेको हो ।
हेटौंडाका खाद्यान्न, तरकारी, फलफुल लगायतका पसल भने बिहान ५ बजेदेखि ८ बजेसम्म खोल्न पाईने जनाईएको छ ।
औषधि पसलहरु भने दिनैभरी पहिलेकै जसरी खोल्न पाइने छ ।










